कलबरीको शन्देश

क्रिश्चियन जीवनको एक फरक दृष्‍टिकोण

Wednesday, January 1, 2014

कहाँ जादैछ नेपाली क्रिश्चियानिटि ?????

नब्बेको दशक नेपाली क्रिश्चियन जगतको नीम्ति सुनौलो समय बन्न पुग्यो, देशमा आएको राजनितिक परिवर्तन् सँगसंगै आएको धार्मिक स्वातन्त्रताले नेपाली क्रिश्चियनहरूले आरधनाको नीम्ति स्वातन्त्रता मात्र पाएनन, निर्वाधरुपमा सुसमाचार प्रचार गर्ने छुट पनि पाए । परिणाम स्वारुप, सतावटको साथमा अर्धभुमिगत रुपमा आरधनागर्ने नेपाली चर्चहरू संस्थागत रुपमा आफ्नो भवनमा आरधना गर्न थाले, नयाँ स्वातन्त्रता संगै छरछिमेक, इस्टमित्रलाई सुसमाचार सुनाउन थाले, अनि नयाँ नयाँ ठाउँमा प्रभुको मण्डली स्थापना हुन थाल्यो । हो, एकातिर नेपाली मण्डलीहरू तिब्र गतिमा बढ्न थाले, अर्को तीर बिदेशि चर्चहरू बिभिन्न रुपमा सेवाकाइको नीम्ति नेपाल प्रबेश गर्न थाले । प्रभुको बचनले कुनै पनि बिश्वासी/मण्डलीलाई ख्रिष्टको महानआाज्ञा पालन गर्ने/पुरा गर्ने आदेश/अधिकार दिएको छ, नेपालको निम्ती र हराइरहेका नेपाली आत्माहरूको नीम्ति दर्शन बोझ लिएर बिदेशि मण्डलीहरू नेपालमा सेवाकाइको नीम्ति आउनु आफैमा उत्साहजनक कुरा थियो । तर दिर्धकालिन रुपमा नेपाली मण्डली जुन रुपमा सम्पुर्ण परनिर्भर भएर गयो, त्यो नितान्तै चिन्ताको बिषय हो ।
 कुनै समय थियो, धामी-झाक्री, औषधी/उपचार गर्दा गर्दा बिसको उन्नाइस नभएर निरास नेपालीहरू प्रभुमा आएर चङ्गाइ पाउथे, येशुनै अनन्त जीवन दिने ईश्वर हुनुहुदो रहेछ भनेर बिश्वास गर्दथे । परिवार, आफन्त , छर-छिमेक र प्रशासनबाट सतावट आउथ्यो, प्रभुको नीम्ति खुशीसाथ त्यो समाना गर्थे । सत्यको नीम्ति दु:ख भोग्नसक्ने सामर्थ्य थियो उनिहरुसँग । सबै किसीमको सतावट, निन्दा, खेदोहरू प्रभुको नीम्ति सहेर सतावट गर्नेहरूको नीम्ति प्रार्थना गर्थे, खेदो गर्नेहरूलाई प्रेम गर्थे । दु:ख र पीडाहरूको बिचमा पनि रमाहटको साथमा आरधना गर्थे । दु:ख पोख्ने कोहि थिएन, आफ्नो दु:ख पिडा प्रार्थनामा प्रभुसँग पोख्थे । साच्चै काडाहरूको बिचमा फुलेको गुलाब थियो नेपाली मण्डली, हिलोबाटनै निस्किएर फुलेको कमलको निश्चल फूल थियो ।
  नब्बेको दशकको स्वातन्त्रता नेपाली मण्डलीको नीम्ति बरदाननै सवित भयो, बिशाल स्वातन्त्रता । नेपाली मण्डलीहरूको नीम्ति यहि दशक बरदानसंगै अभिशाप पनि बन्न पुग्यो, नेपाली मण्डलीका अगुवाहरू क्रुस भन्दा बढी कुर्सीमुखी बन्न पुगे । सेवाकाइ अब प्रभुप्रतीको प्रेमको कारणले एक बिश्वासीले गर्ने निस्वार्थ सेवा रहेन, सेवा गरेबापत अब जो कोहिले पनि पैसा पाउन थाले । बिभिन्न संघसंस्थाहरू क्रमस अस्थित्वमा आउन थाले, अनि सुरु भयो ख्रिष्टको मण्डली भित्र संसारिक राजनीति अनि खिचातानी । एकताका नाममा आउन थाले अनेक बिभाजनहरू । अनि सावा अक्षर छिचोल्न जान्नेहरू बन्न थाले बिभिन्न समाजका लिडरहरू ।सन २००० पछि नेपालको मण्डलीहरूमा सबै भन्दा ठुलो बिखण्डन नै एकताको नाममा आउन पुग्यो । काठमाडौंको परिपेक्षमा भन्ने हो भने ८/१० वटा मण्डलीहरूको यति एकता र समूहहरू बन्न पुगे, जो एक अर्कासँग प्रतिस्प्रधी मात्र नभएर एक अर्कामा पानीनै बाराबार भएका पाष्टरहरूको समूह बन्न पुगेका छन । एक अर्कामा मनमुटाब छ, एकअर्कामा बिभाजन छ, त भन्दा म ठुलो र तेरो एकता भन्दा मेरो एकता राम्रो भन्ने अबाइबलिय अहमताले जरा गाडेको छ ।
 प्रभुलाई पछ्याउने एक बिश्वासीले बिर्सन हुदैन, परमेश्वरको वचनले हामीलाई शत्रुलाई पनि प्रेम गर्न सिकाउछ । यदि हामी प्रभुलाई प्रेम गर्छु भन्छौ तर आफ्नो भाईलाई घृणा गर्छौ या आफ्नो भाईसँग पानी बाराबारको व्यावहार गर्छौ भने परमेश्वरको बचन हामीमा कहाँ रहेको छ, हामीले छातीमा हात लगाएर एकपल्ट सोच्नै पर्छ । अर्को सत्यता यो पनि हो, हामीलाई बाइबल, जिवित परमेश्वरको बचनले झुटा भाईहरूसँग अलग बस्ने चेतावनी पनि दिएको छ । एकताको नाममा हामी झुटा भाईहरूसँग गला जोड्न सक्दैनौ, परमेश्वरको बचनले हामीलाई त्यसो नगर्न आज्ञा दिएको छ ।
यहाँ बचनको कुनै महत्व छैन, साँच्चै भन्ने हो भने सबै अर्थोपर्जानको पछि लागेकाछन, पैसा पाईन्छ भने जे गर्न पनि तयार छन् नेपाली मण्डलिका अगुवाहरू । शिक्षाले कुनै सरोकार राख्दैन, तारे होटलमा फ्री मासुभात खुवाइदिने हो भने सैतानलेनै बोलाएर सिकाए पनि जान र सुन्न तयार छन् , परमेश्वरको बचन गौण बन्दैछ बिस्तारै नेपाली मण्डलीको लागि । त्यसैले त आफैलाई मिसन पुरागर्नु भन्दा पहिले येशुलाई सैतानले परिक्षा गरेर मारेको कारण अधुरो रहेको परमेश्वरको मुक्तिको योजना पुरा गर्न आएको मसिह घोषणा गर्ने सन मयाङ मुनको पैसाले नेपालमा खुलेको परिवार दलको नेता बनेर चुनाव लड्छन नेपाली ब्याप्टिस्ट चर्चका अगुवा र नेपाल इसाइ समाजका ठेकेदारहरू । चुले निम्तो दिएर सम्मानको साथ बोलाई दिनु पर्छ, सत्य स्वर्गिय अभिभावक र माता परमेश्वरको दर्शनको लागि लाइनमा लाग्छन नेपाली क्रिश्चियन लिडरहरू । मोर्मोन चर्चको दुई प्रमुख संस्था मध्य एक कम्युनिटि अफ क्राइष्टको नेपाली दले क्रिश्चियन एकताको नाममा नेपालमा खुलेको नेपाल इशाइ समाजको केन्द्रिय सदस्य छ, तर न त कसैलाई मोर्मोन क्रिश्चियन नभएर अमेरिकन आदिबासीहरूको धर्मको क्रिश्चियनकरण गरिएको अलग धर्म हो भन्ने ज्ञान छ, न त झुटा शिक्षाबाट अलग रहनु पर्छ भन्ने चेतना । जता मल्खु उतै ढल्कु गर्ने परिपाटीले न त नेपाली क्रिश्चियनको कुनै स्थापित परिचय छ, न त अस्तित्व ।
आँफै अन्यौलताको भुमरिमा रुमालीइरहेको छ नेपाली क्रिश्चियानिटी । यहाँ एउटा बिश्वासी बन्न कोही चाहन्दैन, सबै लाभको पदको पछि छन्, सबैलाई पाष्टर बन्नु छ । गतिशिल बन्दैछ नेपाली क्रिश्चियन जगत, सबै मुर्गा फसाउने दाउमा छन् । जो आफ्नो हैसियतमा मुर्गा फसाउन सक्दैनन्, च्याँखे थाप्न तमतयार छन् । यहाँ प्रभुको कामको र परमेश्वरको राज्यको महत्व कसैलाई छैन्, सबै आफ्नो सम्राज्यको पछि लागेकाछन । सबैलाई बनाउनु छ आफ्नो एक सम्राज्य, एक शक्तिशाली सम्राज्य । सेवाकाइ त केवल बाहना न हो , यो त केवल त्यो सम्राज्य हासिल गर्ने छोटो र बिना कुनै लगानीको बाटो न हो ।
यहाँ आफ्नो दर्शन कसैको छैन्, आफ्नो लक्ष र उदेश्य कसैको छैन् , सबै जसो जसो मादल बज्छ उसै उसै खुट्टा हल्लाउनेहरूको जमात छ । म काठमाडौंमानै हुँदाको एक घटना हमेशा सम्झिने गर्दछु, काठमाडौंका नाम चलेका पाष्टरहरू केही बिदेशिहरूलाई भेट्नको लागि आएका थिए, एक नाम कहलिएका पाष्टरले बिदेशिहरूलाई सोधे तपाईंको नेपालको लागि दर्शन के छ ? मैले मनमनै बिचार गरे, नेपालको लागि दर्शन कसको ? के पैसा दिने बिदेशिको ? या हामी नेपाली पाष्टर अगुवाको ? के हामी पाष्टर अगुवाहरू केवल बिदेशिको दर्शनको रिमोट कन्ट्रोलले चल्ने कठपुतली मात्र हौ, या छ अर्को कुनै परिचय हामीसँग ? किन सिमित बनाउदै छौ हामी हाम्रो परिचय अरुले दिएको रोटीको टुक्रामा रमाउने र अरुको रिमोट कन्ट्रोलले चल्ने कठपुतलीको रुपमा ? किन साट्दै छौ हामी प्रभुको प्रेमलाई आर्थिक फाईदा सँग ? के पावलको शब्दमा भन्ने हो भने पेटनै हामीहरूको ईश्वर हो ?
मैले वासिङ्टन डिसीमा नेपालका एक अग्रजसँगको भेटमा भनेको थिए, दाई आफ्नो दर्शन अनुरुप सेवाकाइ गर्न पाउने सबैको अधिकार छ, तर कमसेकम संस्थागतरुपमा त पाष्टरिय सेवाकाइको नीम्ति एउटा मापदण्ड बनाँउन । मेरो चाहना कोहि प्रभुको सेवकाइमा नआउन भन्ने होइन, तर प्रभुको सेवा गर्न पाष्टरनै हुनुपर्छ भन्ने जुन मान्यताको  बिकास हुदैछ, त्यो सिंगो नेपाली क्रिश्चियन समुदायको हितमा छैन ।  प्रभुको सेवा जो कोहिले आफ्नो काम ब्यवसाय गर्दै पनि गर्न सक्छ, एउटा हराएकोलाई येशुमा मुक्ति र जीवन छ भनेर बताउनु भन्दा ठुलो सेवाकै अरु के हुन सक्छ र जुन प्रभुमा बिश्वास गर्ने हरेकले गर्नसक्छ अनि त्यो एक बिश्वासीको कर्तव्य पनि हो । तर यहाँ लल्लु को पो छ र, यदि क्रिश्चियन भएर फलानोले तलब/भत्ता पाउछ म किन पछि हट्ने भन्ने मान्यताको बिकासले सेवाकाइमा केवल बिकृति मात्र न भित्र्याएर, पाष्टरिय सेवालाई कलङ्कित पनि बनाउदै छ । यसले राजकीय पुजाहरिगिरीको बोलावट पाएका हामी बिश्वासीहरू, जगतको नुन बन्नु पर्ने थियो, डाडामा बसालिएको शहर बन्नु पर्ने थियो, तर हामी त नटवरलाल बन्दैछौ, अरुको अगाडि केवल लोभिपापीहरूको झुण्ड मात्र बन्दैछौ ।
च्याउ उम्रिए सरी छन् छ्यपछ्याप्ती काठमाडौंमा मण्डलीहरू । बाइसे चौबिसेका रुपमा बिभाजित छन् नेपाली क्रिश्चियनहरू । एक पछि अर्को गरि मण्डली फुट्ने बिमार छ हामीमा । यहाँ अलिकति जान्नसुन्न थाले पछि सबैलाई पाष्टर बन्नु छ, लाभ लिनु छ । सबै काठमाडौंमा १० जना रुङेर पाष्टर भइटोपल्छन, तर सुसमाचार न पुगेको हजारौं गाऊहरू छन्, कोहि जान चाहादैनन । जुन गाऊमा चर्चहरू छन्, पाष्टरहरू महिनौसम्म काठमाडौंका सभासम्मेलनहरुमा मात्र देखिन्छन । फाईदै फाईदा छ नि, खाना बास्न फ्री, आउने जाने बस भाडा नी पाइने, एक चोटि आउँदा काठमाडौंमा दिनै पछि हुने सभासम्मेलनले त काठमाडौंबाट फर्किने पाष्टरै पनि मलेशियाको लाहुरे फर्किएजस्तो ठाठको साथमा फर्किन्छ ।
कृषिप्रधान मुलुक हो नेपाल, प्रचुर सम्भावना छ कृषिमा । इस्राएल र अरब मुलुकबाट मात्र होइन, यूरोप र अमेरिकाबाट पनि फर्किएर कृषिबाटनै करोडपती बनेकाछन मेहनतीहरू नेपालमा । गर्नेका लागि सम्भावनाको खानि हो नेपाल, तर हामिले अरुले दिएको फोकटमा पाएका छौ नि, आखिर दु:ख कसले गर्छ ? आखिर पाखो बारीनै किन न होस्, छ नी आफ्नो भन्नु, काठमाडौंको सभासम्मेलन चाहर्ने अनि संस्थामा फैलाउने हातहरू मेहनतमा लगाउने हो भने लाग्दैन पैसाको लागि धर्मप्रचार गरेको आरोप नेपाली क्रिश्चियनहरूलाई । नेपालमै एलसाद्दाइ झुण्ड भनिने धेरै चर्चहरू छन् जो सम्पुर्ण रुपमा आँफैमा निर्भर छन्, जो बिश्वासिहरुकै संख्यामै पनि भत्तावाला पाष्टरहरूको तुलनामा ८/१० गुणा ठुला छन् , चलेकै छन् बिदेशि सहयता बिना पनि । केवल काठमाडौंमा बिताउने समय उन्नत जातका बाख्रापालन या बङुर अथवा गाई पालनमा लगाउने हो भने पनि आर्थिक रुपमा कहीले येशुको नाममा भिख माग्नु पर्दैन नेपाली पाष्टरहरूले ।
तर संस्कार बनिसक्यो, २ दसकको यो लामो दौरानमा नेपाली क्रिश्चियनहरूको बीचमा  एउटा छाप बसीसक्यो, जबसम्म कसैले भत्ता दिदैन पाष्टरीय सेवाकाइ अधुरो हुन्छ । अब त पाष्टरिय सेवाकाइको सफलता कति नयाँ आत्माहरूलाई मण्डलीले जितेको छ, मण्डलीमा कति बिश्वासीछन भन्ने भन्दा पनि कति ठाउबाट भत्ता फुत्काउन सकिन्छ भन्ने कुरामा निर्भर रहने चलनको बिकास भैसक्यो । नेपाली क्रिश्चियन जगत अब प्रभुमा बिश्वास र प्रभुलाई प्रेम गर्नेहरूको जमात रहेन, यो त केही पाउने आशा गर्ने र लाभको नीम्ति धर्म परिवर्तन गर्नेहरूको जमात बन्दै गएको छ । यहाँ सत्यलाई पछयाउनेहरू बिस्तारै अल्पमतमा पर्दैछन, फाईदा हेर्नेहरूको बहुल्यता बढदैछ ।

केजरीवालबाट नेपाली साम्यबादीहरूले केही सिक्ने की ?

भ्रष्टाचार बिरुद्धको आन्दोलनको शङ्खघोष गरेर अरविन्द केजरीवाल भारतको राजधानी क्षेत्रलाई समेटेर बनाइएको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री भएका छन् । झट्ट सुन्दा बाबुराम जस्तै लाग्ने गरि, मुख्यमन्त्री पदको सपथ ग्रहण समारोहमानै केजरिवालले आम जनताको ध्यान खिच्न सके, दिल्ली जस्तो माहनगरिय क्षेत्रको मुख्यमन्त्री दिल्लीको मध्यम बर्गिय कामकाजी जनताको सुबिधाको नीम्ति सुरु गरिएको महानगरिय रेलसेवा ( Metro Rail) चढेर सपथ ग्रहणको नीम्ति गए ।

जनलोकपाल विधेयकको माग गर्दै अन्ना हजारेसँग आन्दोलनमा आउनु भन्दा पहिला कमै नाम सुनिएका केजरीवाल एकाएक सुपर स्टार राजनीतिज्ञको रुपमा त्यति बेला दिल्लीको राजनितिक मन्चमा छाए, जतिबेला युवाहरूले परिवर्तन् चाहेका थिए । जतिबेला देशको राजनीति पैसा र शक्ति केन्द्रित थियो । सिमित बिशेष गरि पारिवारिक पहुच भएकाहरू देशको राजनितिका पहलमान खेलाडिका रुपमा नहल्लिने गरि जारा गाडेर बसेका थिए, जनताको पहुँच न त देशको कर्मचारीतन्त्रमा थियो न जनसारोकारका निकायहरुमा नै । जनता अपराधीको रुपमा थिए, शायद त्यो देशको नागरिक हुनु नै अभिश्राप थियो । अपराध हुन्छ, प्रहरीतन्त्र अपराधीको साथमा छ, नेता अपराधीको साथमा छ, आम-जनता, खास गरि कामकाजीको पक्षमा न त देशको कानुन छ, न त न्याय नै ।
हुन त पश्चिमी देशहरूले बुइमा चढेर बनेको प्रजातान्त्रिक मुलुक हो भारत, प्रजातन्त्रको त्यो कलंकित नमुना, जहाँ आजादी खोज्नेहरूलाई बन्दुकको दम्भमा दबाइन्छ । अवाज उठाउनेहरूको गला काटिन्छ, जहाँ तस्कर र गुण्डाहरू गेरुवस्त्र धारण गरि भगवान र स्वामी कहलाइन्छन, अनि गुण्डाहरू देशका भाग्यबिधाता । आफैमा गज्जबको प्रजातन्त्र छ भारतमा, काश्मिरी जनता आजादी चाहन्छन्, हातियारको बलमा उनिहरुको आवाज थुनिन्छ, उत्तरपुर्वका आदिबासीहरू उत्पिडित छन्, उनिहरुको भावनाको कुनै मुल्य छैन । तर पनि एउटा खास बिशेषता छ भारतमा, शक्तिको सामु जुन सुकै डिग्रीमा झुक्न पनि उ तयार छ, चाहे त्यो आफ्नो छिमेकी मुलुक अफगानिस्तानमा आफ्नो भुमी प्रयोग गरि अरुलाई आक्रमण गर्न दिन होस्, चाहे आफ्नो भुमी प्रयोग फ्री तिब्बतको नीम्ति प्रयोग गर्न दिएर होस् । तर परकाहरुमा लत्रिएको बिरालो बन्न सक्ने त्यो नियम छिमेकीहरूको बिचमा लागु हुदैन, भारत भित्रनै आफ्नो ठुलो उपस्थिती र भुमी हुँदा हुँदै पनि राज्यबिहिन झै छन् दक्षिणका तामिलहरू । आफ्नो भुमी छ, भाषा छ, केवल देश छैन, तर श्रीलंकाका तामिलहरूलाई उ उचाल्छ, आनि गृहयुद्धमा धकेल्छ । दोहोरो चरित्रको कुनै अर्थ रहन्दैन, भारत एक चरित्रमा प्रस्तुत हुदैन, नेपालको माओवादीहरूलाई भारत भित्रै घरज्वाइको रुपमा पाल्नु अनि सेनालाई हतियार प्रदान पनि गर्नुलेनै उसको छिमेकमा अस्थिरता गराउने मनाशाय प्रष्टयाउछ ।
बर्षौ सिमित ब्यक्तिहरू सत्ताको वरिपरि रहने राजनितिक परिपाठी, भ्रष्ट नेत्रित्व र डामेर छाडेको साँढे जस्तो छाडा कर्मचारितन्त्रबाट आजित दिल्लीबासीहरूले चाहेको निकास थियो, दिर्धकालिन राजनितिक निकास । सुशासन सम्पन्न राज्य, चुस्त र वफादार कर्मचारितन्त्र अनि सम्पन्न शहर, सत्तामा पहुच नभएका आम दिल्लीबासीको सपना थियो । रोजगारीमा आमजनताको पहुच र बिकास जनताको अपेक्षा थियो । तर त्यो भन्दा बढी भुसको आगोझै देशमा सल्किएको भष्ट्राचारको अन्त्य थियो । जब सत्ताका ठेकेदारहरू जनचाहना भन्दा बढी सत्ताका आसेपासेहरूको स्वार्थको कठपुतलीको रुपमा प्रयोग भए, लाचर जनताले निकास रोजे, निकास केवल सत्तासिन दलको प्रतिद्वन्दी अतीहिन्दुबादी दल मात्र होइन, बिना कुनै राजनितिक ईतिहास, बिना कुनै राजनितिक योगदान, बिना कुनै राजनितिक योगदानको बिलकुलै नयाँ आमआदमी पार्टी पनि बन्न पुग्यो ।
प्रसँग मोडौ नेपाली जनतामा, लगभग समान पिडामा छन् नेपाली जनता । बिजुलीको तार छन तर बिजुली छैन, सरकारी कार्यालयहरू छन्, तर कर्मचारीहरू कार्यालयमा छैनन् । अदालत छ, तर न्यायको बहुच सर्वसाधरणमा छैन् । बजार दलाल र कालबजारी गर्नेहरूको कब्जामा छ, बहुबल हुनेहरुकै जतात्यतै दादागिरी छ । ट्राफिकले रोक्छ, हजार बिना काम हुदैन, पासपोर्ट बनाउन जाउ,यस्तो लाग्छ, पैसा नदिइ पासपोर्ट बनाउन पाउने नागरिकको अधिकार नै छैन । देशमा रोजगारी छैन, युवाहरू कामकै लागि अरब मलेसिया जानु पार्ने बाध्यता छ, उसमाथी बिमानस्थलका घुस्याहहरूको बितण्डता बर्णन गर्न हजार जिब्रोभएको शेषनागले पनि गरिनसक्नुको छ । समस्यानै समस्याको जालोमा यसरी जेलिएका छौ हामी, हरेक निकासका आशाहरू हाम्रो नीम्ति केवल मिर्गतृष्णामात्र बन्न पुगेको छन् ।
हो हरेक सत्ता परिवर्तनसंगै नेपाली जनताहरूले धेरै अपेक्षा गरे, खास गरिकन छिमेकी बिहारमा नितिशकुमारको आगमनसंगै सुरुभएको बिकास र परिवर्तनलाई नजिकबाट नियालिरहेकाहरूको नीम्ति डा. बाबुराम भट्टराई एक आशाका संवाहक थिए । कुनै समय रोजगारीको नीम्ति पन्जाब र महाराष्ट्र पुग्ने तथा आफ्नै देश भित्र दोश्रो दर्जाका नागरिक र शरणार्थी सरह ब्यावहार गरिने बिहारमा जब नितिशकुमर मुख्यमन्त्रीको रुपमा सरकारमा आए, बिहारमा औधोगिक क्रान्तिनै सुरुभयो, राज्य छोडेर कामको लागि गएकाहरू राज्य फर्की आउन थाले, हो साच्चै एउटा इमान्दार राजनीतिज्ञले चाहेमा परविर्तन सम्भव छ भन्ने उदाहरण हामिले छिमेकी राज्यबाट देखेका थियौ । एउटा राम्रो शैक्षिक पृष्टभुमी भएको, तथा राम्रै बिश्वबिधालयबाट उच्चशिक्षा हासिल गरेको राजनितिज्ञको हैसियतले बाबुराम आम राजनितीज्ञभन्दा पृथक होलान भन्ने आशामा त्यतिबेला तुषाराघात भयो, जतिबेला अरुले आफूलाई परिबंधमा पारी काम गर्न पाइएन भन्ने गतिछाडा अभिब्याक्ती उनले दिन पुगे ।
हो जङगलबाट हतियार बिसाएर आउँदा जनताले धेरै ठुलो आशा माओबादि प्रति राखेका थिए, तर शहर प्रवेशसंगै सर्वहाराको नाममा राजनितिगर्नेहरू जुनरुपमा सुबिधाभोगी बन्न पुगे, त्यो आफैले माओवादीलाई पत्तासाफ गर्न पुग्यो । सर्वहाराको नाममा राजनितिगरी प्राडो पजेरो चढेर हिड्ने जुन संस्कार माओबादिमा भित्रियो, आलिसान महलहरुमा जुन रुपमा जंगलबाट फर्किएकाहरू नवधननाढ्यको रुपमा बिलासितामा रमाउन थाले, अनी सत्तामोहले जुनरुपमा माओवादी नेतृत्वमा जरा गाढ्यो, त्यसले जुन जोगी आए पनि कानै चिरेको भन्ने चरितार्थ हुन गयो ।
हिजो जनताले राखेको आशा/आकांक्षाको धज्जि उदाउनुनै माओवादीको पराजयको प्रमुख कारण हो । बन्दुकको दम्भमा हिजो जंगलीराज चलाउनु र ब्यालेटबाट बहुमत ल्याउनु दुई अलग परिबेश हुन भन्ने पहिचान न हुनुनै माओवादीको गल्ति थियो । जंगलमा लुकेर पछाडीबाट त जस्तो पनि शत्रुलाई आक्रमण गर्न सकिन्छ, तर जनमत पाउनको लागि जनमतको कदर् गर्न सक्नु पर्छ । जनता अब कसैका रैति रहेनन , चाहे त्यो देशमा २५० बर्ष शासनगर्ने राजाकानै होस्, या बन्दुकको दम्भमा छोटे राजा बन्ने सपना देख्नेहरूकोनै ।
दिल्लीमा देखिएको परिवर्तनको जुन लहर छ, ढिलो छिटो नेपालमा त्यो आउनेनै छ । हिजो देशलाई  गृहयुद्धमा जबर्जस्ती धकेल्ने माओवादीलाई जनताले सुध्रिने मौका दिएकानै हुन्, आज पूर्वपन्चहरूको पार्टीले ल्याएको अबिश्वानिय भोटले पनि सम्भावनाको त्यो आशालाई जिवितनै राखेको छ । हो, नेपालले पर्खिएको करोडौको आलिसान महलमा बस्ने सर्वहाराको नेता प्रचण्ड होइन, तर सार्वजानिक सवारी चढी सपथको नीम्ति आउने केजरीवालको नेपाली भर्सन हो । छेपारोले झै क्षण क्षणमा जनता मुर्ख न हुन भन्ने सोचले कुरा फेर्ने प्रचण्ड होईन, तर आफ्नो प्रतिवद्धता पुरा गर्ने केजरीवाल हो ।
जनता धुर्त प्रचण्डले सोचेझै मुर्ख छैनन भन्ने प्रमाण संबिधानसभाको दोश्रो निर्वाचनलेनै देखाइसकेको छ । प्रचण्डको धुर्त्याइमा कमजोरी छैन, एक कुशल नौटंकीले झै कुशल अभिनय गर्न सक्ने कला छ उनमा, तर जनताले चाहेको धुर्त्याइ होईन परिवर्तन् हो, जनता परिवर्तन चाहन्छन, जसले जनापेक्षा अनुरुप आफूलाई परिमार्जित गर्न सक्छ, जनताले आफ्नो मत उसलाईनै दिनेछन । सवाल रह्यो नेपाली साम्यबादीहरूको, हो सर्वहाराको नाममा राजनीति गरि प्राडो/पजेरो चढि हिड्ने, आलिसान महलमा नवधनाढ्यको रुपमा जिउने की जनापेक्षाको कदर् गर्दै देशलाई निकास दिने भन्ने स्पस्ट माओवादीले लिने भावी निर्णयमा भर पर्ने छ । हिजो देशका कलिला युवाहरूलाई देखाएको सपनाको भर्‍याङ चढेर माथि उक्लिएको माओवादीले कति चाडै ती युवाहरूलाई बिर्सियो जसले परिवर्तनको नीम्ति रगत बगाएका थिए । तर सपना देख्ने तिनै युवाहरूलाई यथार्थतामा आएर माओवादीको बिरुद्धमा उभिन थालिसकेकाछन । हो, अब बिकल्प एउटै छ, माओवादी आफै भित्रको भ्रष्ट्रआचारणको बिरुद्धमा उभिनु पर्छ, अनी त्यो धरतलबाट नयाँ शुरुवात गर्नु पर्छ, जुन जनताले चाहेका छन् । एउटा नयाँ सुरुवात् ।

Friday, December 27, 2013

क्रुस बोक्ने की भत्ता खाने सेवक ?

नेपालमा कहिले काही गज्जबको चोर पुलिसको खेल हुने गर्छ, हिन्दू धर्मावलम्बी बिदेशि पैसाको आडमा नेपालमा क्रिश्चियन धर्म प्रचारको खेलभै रहेको आरोप लगाउने आनि दुधको साक्षी बिरालो भनेझै केही क्रिश्चियन युवाहरू कहाँ पैसाको आडमा हुनु भनेर आफ्नो बचावमा उभिने । सर्वभौमासत्ता सम्पन्न देशको संबिधान (बन्ननै नसकेको भएपनि) ले जो कोहिलाई पनि आफ्नो बचावमा उभिन पाउने अधिकार दिएको हुन्छ, चाहे त्यो कुनै खुन्खार अपराधीनै किन नहोस् । हो, पैसाको आडमा धर्मप्रचार गर्छन् भन्ने आरोपको खण्डन गर्न पाउने अधिकार हामीमा पनि छ, तर यो अधिकारलाई प्रयोग गर्न के हामी आफ्नो नैतिकतानै बिर्सिने ? देशमा नैतिकताको त सवालनै रहेन, न त देशका नेताहरुमा नैतिकता भन्ने कुनै कुरा बाकिरहेको छ, न त जनताको रगत र पसिनाको करबाट तलब थाप्ने कर्मचारीहरूमानै । हुँदा हुँदै अब के हामी नेपाली क्रिश्चियनहरू पनि जे कुरा सहि छ, त्यो हाम्रो समाजको बिसंगतीको पर्दाफास भएकै कारणले गर्दा हामी त्यसको बिरुध्दमा पाखुर सुर्किने ?
यदि कसैले गलत गर्छ भने त्यसलाई गलत भन्न सक्ने सामर्थ्य हामीमा हुनुपर्छ, खास गरिकन हामि प्रभुको बिश्वासिहरुमा । कुनै कुराको पछि पाखुरा सुर्केर लागिपर्नु भन्दा पहिला हामि सत्यतथ्य के हो भन्ने कुराको मुल्याङ्कन गरौ, यदि कसैले सत्यनै बोल्छ भने त चाहे त्यो जति सुकै तितोनै किन न होस्, त्यो पचाउन सक्ने शक्ति हामीमा हुनु पर्छ । म यहाँ ब्याबिचारमा पक्डिएकी स्त्रीको प्रसँग उल्लेख गर्न चाहन्छु, एउटा ठुलो जमात जो केही समय अगाडि आफ्नो न्यायको घोषणा गर्दैथिए, जब प्रभुले केही कुरा बोल्नु भयो, सबै नाजवाफ मात्र थिएनन, तर आफ्नो बाटो पनि पक्रिसकेका थिए । भिडहरूको पछिलागेर जिन्दवाद र मुर्दावादको नारा लगाउनु सजिलो हुन्छ, तर बिबेकशुन्य भएर भिडको पछि लागेर जिन्दवाद र मुर्दावादको नारा लगाउनु भन्दा पहिले सत्यको धरातलमा टेक्नु बुद्धिमानी हुन आउछ ।
नेपालमा, खासगरी प्रजातन्त्रको पुनर्वहाली पश्चात, धर्मप्रचार रातारात मालामाल हुने ब्यवसायको रुपमा मौलायो, जुन जतिसुक्कै दुधले धोएपनी सफा नहुने यथार्थता हो । हो, हामिकहा दु:ख गरेर प्रभुको काम गर्ने सेवकहरू नभएका होइन, तर नगन्यनै छन्, अधिकांस सेवकाइको नाममा भत्ता लिनेहरूकोनै बाहुल्यता छ ।  म सेवकाइको नीम्ति साहयता गर्नु हुदैन भन्ने मान्यता बिल्कुलै राख्दिन, यदि हामी बाइबलमा बिश्वास गर्छौ भने, प्रभुको कामको नीम्ति दु:ख गर्नेहरू सँग हामि आफ्नो भौतिक आशिषहरू बाढ्नु पर्छ, प्रेरित पावलको शब्दमा यो हाम्रो आफ्नो भागमा बढ्दै जाने हिसाब हो । अर्थात, जब हामि प्रभुको कामको लागि दिन्छौ, प्रभुले हामिलाई अझ प्रसस्त भौतिक आशिषहरू दिनुहुनेछ । कुनै पनि बिश्वासी चाहे त्यो पुर्विय होस्, चाहे पस्चिमेलीको हक मा यो सत्य लागु हुनेछ ।
परमेश्वरको बचनले पाष्टरलाई गोठालो र बिश्वासीलाई भेडा भनेको छ, जो आँफैमा सेवकाइको नमुना कस्तो हुनुपर्छ भन्ने रहस्य हो । गोठलोको जिम्मेवारी भेडाहरूलाई चराउनु हो, भेडाहरूको सुरक्षा हो, अनि जब गोठालो आफ्नो जिम्मेवारी प्रति बफादार हुन्छ, भेडाले गोठालोलाई जाडोमा न्यानो राख्न उन दिन्छ, भोकाएको बेला खानको नीम्ति दुध र मासु दिन्छ । कुनै पनि गोठालो जब आफ्नो कर्तब्यप्रती उत्तर्दायी हुदैन, भेडाहरूबाट उसले कुनै आकंक्षा राख्नु पनि बेकार हुनेछ । पुरानो करारको सिद्दान्त, पुजाहरीले मन्दिरको प्रसादबाट गुजारा चलाउनु पर्छ ।
तर नेपालको परिपेक्षमा यो बिपरित रुपमा देखिन आयो, म धेरै यस्ता पाष्टरहरू चिन्छु, जो काठमाडौं बाहिर सेवकाइ गर्छन्, तर महिना दिन , डेढ महिना सम्म निरन्तर काठमाडौंमा भेटिन्छन् । जब गोठालालेनै महिनौ सम्म भेडा छोडेर हिड्छ भने, हामी आखिर अपेक्षानै के राख्न सक्छौ र ? पाष्टर भेडा छाडी आँफै चर्न हिड्छ, भेडाहरू लावारिस छन्, न त चराउने कोहि छ, न त सिकाउने । सबै आफ्नो जिम्मेवारीबाट चुकेका छन्, अनि पाष्टरसँग काठमाण्डौका ठेकेदार या मिसीनरीसँग येशुके नाममे देदे बाबा भन्दै हात थाप्नु को बिकल्पनै पनि त रहदैन नी ।
अझ चाखलग्दो त के देख्न पाईन्छ भने, कतिपय दुर्गमका पाष्टरहरू त केवल झोले पाष्टर हुन्, जसको न त कुनै चर्च छ, न त कोहि बिश्वासी । काठमाडौंमा सम्मेलनको लागि पाष्टर चाहिन्छ, बिश्वासी होइन, न त ती झोले पाष्टरहरूलाई अनुगमन गर्ने कुनै निकाय छ, न त सावधान गराउने नै । जो तलब लिन्छन्, भेटेसम्म र पाएसम्म सबैसँग नै लिन्छन, तर पनि सुसमाचार सुनाउने काम गर्दैनन ।
आखिर हामीलाई कसैले पैसाको चलखेलमा धर्म परिवर्तन भइरहेको छ भन्दैमा फरक के पर्छ र हामी यति आवेशमा आउछौ । एक जना अग्रज नेपाली इशाइको अन्तर्वातामा पढ्दै थिए, उहाँको एउटा कुरा निक्कै सान्दर्भिक लाग्यो, यदि बिदेशि पैसा बन्द हुने हो भने त नेपालका ८० प्रतिशत मण्डलिहरु पनि बन्द हुन्छन् । यो तितो यथर्थता हो, चाहे हामी मानौ या न मानौ, नेपालमा पछिल्लो समयमा सेवकाइमा बिक्रिती भित्रीइरहेको छ । कसैले सत्य बोल्यो भन्दैमा त्यसको प्रतिकारमा पाखुर सुर्किनु केवल चोरको खुट्टा काट भन्दा आफ्नो खुट्टा खुम्चाउनु जस्तो मात्र हो ।

Friday, December 20, 2013

पूर्णकालिन सेवक्/सेविका, नेपाली परिबेश र नेपाली मण्डलीको भविष्य

म साधारण त केही दैनिक अनलाइन खबरहरू बाहेकका पत्रीकाहरूको खासै नियमित पाठक होईन । देशको सरोकार र चासोका बिषयहरू बाहेकका खबरहरू काम नै पढने गर्दछु । यदि समय भएको खण्डमा कुनै नेपाली क्रीस्चियन वेवसाइटमा गए भने पनि, कुनै कुराको प्रसंग र सन्दर्भलाई बिचार गरेर मात्र कुनै लेख पुरै पढ्ने अथवा शिर्षकलाई हेरेर मात्र बढ्ने हो निर्णय गर्दछु ।
बिगत केही समय देखि केही नेपाली क्रिस्चियन पत्रपत्रिकाहरूमा छपिने गरेको एक बिज्ञापन (हुन  सक्छ  बिज्ञापनदाताको आफ्नो व्याख्यामा त्यो  बिज्ञापन नभएर प्रार्थनाको बिषय हो ) मेरो नीम्ति निक्कै चाखलाग्दो बन्न पुगेको छ । कुनै एक निश्चित साललाई लक्ष्य बनाएर गरिएको बिज्ञापनको एउटा बुदाले नेपालमा एक लाख पूर्णकालिन सेवकाइ गर्ने पाष्टरहरू तयार होउन भनि प्रार्थना गर्न अनुरोध् गरेको छ, भने अर्कोले नेपालमा त्यहि सालसम्ममा पचास हजार मण्डली होउन भनि प्रार्थना गर्न आग्रह गरेको छ । बिज्ञापनदाता या अनुरोधकर्ता चाहे जे उपमा दिउ सँग मेरो साधारण चीनजान बाहेक न त कुनै पुर्वाग्रह छ, न त कुनै असन्तुष्टीनै । हो, नेपाली क्रिस्चियन बर्तमान र भविष्य प्रति मेरो निक्कै गहिरो चासो छ । यस अर्थमा हुन सक्छ, यी मेरा निजी बिचारहरू हुन्, जुन अरुको नीम्ति न त मार्गनिर्देशक हुन न त अड्चन नै ।

बाइबल र पूर्णकालिन सेवक/सेविका

नेपाल र गरीब विश्वका कतिपय देशहरुको नीम्ति गरिबी र बेरोजगारी कुनै नौलो बिषय होईन । जनसंख्याको धेरै ठुलो हिस्सा बेरोजगार रहेको परिबेशमा, कुनै पनि पेशामा लाग्नु आँफैमा नराम्रो पक्कै पनि होइन, तर जुन पश्चिमी पैसाको सहायताले ख्रिष्टको मण्डलीको सेवाले जागिरको बिकल्प लिदैछ, त्यो दिर्घकालिन मण्डलीको तथा समग्र तेस्रो विश्वका ख्रिष्टिय जगतको हितमा छैन् । हुनत नेपालमा निजामती सेवा, सेना र प्रहरी पछि  धर्म प्रचारले झन्डै तेश्रो ठुलो जनशक्तीलाई रोजगार दिएको हुनुपर्छ, तर हामीले यो बिर्सन हुदैन, भोलि कुनै पनि किसिमको राजनितिक परिवर्तन भएर बैदेशिक सहायता बन्द हुने मात्र हो भने पनि त्यसले एउटा बिकराल रुप लिनेछ । धर्म प्रचार र चर्च स्थापनाको क्षेत्रमा रोजगारहरूको आफ्नो अर्थिक मेरुदण्ड त छैन नै, दुई चार जनाको गुरु हुनपाउने महत्वकाङ्क्षाले आफैलाई परनिर्भर बनाउने हाम्रा धर्मगुरुहरूको अपरिपक्वताले, कुनै पनि बेला शारीरिक सतावट भन्दा पनि डरलाग्दो रुप धारण गर्न सक्ने छ । शारीरिक सतावट त आखिर के हो र, कुनै पनि क्रिस्चियनले सहन सक्ने सामर्थ्य राख्दछ, तर अर्थिक सङ्कटले जब जाहनबच्चाहरू भोकै रहन्छन,कतिमा त्यो बहन गर्ने सामर्थ्य होला जुन कल्पना गर्न सकिन्दैन ।
बाइबलमा सेवक/सेविकाहरूको प्रसँग आउँदा हामिले प्रेरित पावलको सेवाकाइलाई बिर्सनहुदैन । के हामी त्यति धेरै पुर्णकालिन छौ, जसले पावलले भन्दा बढी सेवकाइ गर्छौ? के हामी पावलले लेखिदिएको खण्डहरूको अध्ययन गरेर आँफैलाई त्यति ठुलो थियोलोजीएन सम्झिन्छौ, जो पावल भन्दा पनि माथि छौ ।
धेरै क्रिस्चियन हरूको गलत बुझाई छ, पावल त्रिपाल बनाएर सेवकाइ गर्थे । तर यथार्थता त्यो न भएर, उनीलाई मण्डलीहरूले भेटी दिन्थे, जुन उनको सेवाकाइको मुख्य स्रोत थियो । तर त्यसको मतलब यो होईन, उनी सम्पुर्ण रुपमा त्यसैमा निर्भर थिए, उनको हातमा आफ्नो सिप थियो, जुन उनी कुनै पनि बेला प्रयोग गर्न हिच्किचाउदैन थिए । आफ्नो हातको सिपले कुनै पनि बेला आर्थिक मन्दी आउने बित्तिकै सेवकाइको नीम्ति स्रोत जुटाउन सक्नु र त्यसलाई परिचालन गर्नु पावलको सेवाकाइको रणनिती थियो ।

तेश्रो विश्वका पूर्णकालिन सेवक

ख्रिष्टको मण्डलीको प्रमुख जिम्मेवारी भन्नु नै एक अर्कामा संगती र हराएका आत्माहरूलाई शुसन्देश सुनाउनु हो । म न त मिसन बिरोधी हो न त मिसिनरी बिरोधी नै । मेरो स्पस्ट मान्यता, ख्रिष्टको मण्डली त्यति बेला सम्म मण्डली रहन्छ जति बेला सम्म त्यो हराएकाहरू प्रति उतरदायी हुन्छ, जुन दिन मण्डलीले हराएकाहरू प्रतिको उत्तरदायित्व बिर्सिन्छ, त्यो एउटा धार्मिक समूह मात्र बन्न पुग्दछ । हिजोका आत्माले भरिएका मेथोडिस्ट, लुथरन र प्रेसबिटेरियन चर्चहरू आज छानामा झुन्ड्याएका बिसाल क्रुसको कारणले मात्र क्रिस्चियननै पो हुन की जस्तो देखिनुको पछाडिको रहस्यनै हराएका आत्माहरू प्रतिको उत्तरदायित्वलाई बिर्सेर समलिङी र हिजडाहरूको पक्षमा वकालत गर्नु हो । म त केवल एक गलत प्रथाको आलोचक हु, जुन तेस्रो विश्वका मण्डलीहरूमा मौलाउदै छ । हामि हराएकाहरू प्रतिको जिम्मेवारीलाई बिर्सिएर आफैमा हराउन खोज्दै छौ । हामी कसरी सुसमाचार न पुगेको ठाउमा मिसिनरी पठाउन सक्छौ भन्ने भन्दा पनि कसबाट तलब लिन सकिन्छ भन्नेमा बढी केन्द्रित हुदैछौ ।
हो हामी चरम गरिबीमा छौ, बेरोजगारिता हाम्रो बिचमा भयावह रुपमा छ । रोजगारी खोजेर पनि न पाउने अवस्था छ । तर त्यो सब भन्दा अझ बेसी हामीहरूको गलत संस्कार छ । हो हामी हुर्केको हिजोको गलत धर्मसस्कारमा ब्राम्हणले हलो जोत्नु हुदैन भन्ने धार्मिक नियम थियो, तर हामी त त्यो बाइबलको शिक्षालाई पछ्याउछौ, जसले काम न गर्नेले त खाना पनि नखाओस भन्दछ । हामि जसलाई पुर्णकालिन सेवक भन्दछौ या मान्दछौ, कतिपय त यति पूर्णकालिन छन् की जसलाई सिपको नाममा हलो जोत्न सम्म पनि आउदैन, जब अर्को कुनै काम गर्ने सिप र हुतिनै छैन् भने कसैले दिएकोमा जिउनुको बिकल्पनै पनि त आखिर हुदैन । अझ कतिपय सेवकहरू मैले यस्तो पनि देखेको छु, जो प्रभुमा आउनु भन्दा पहिले सफल व्यावसायीको रुपमा गनिन्थे, तर जब प्रभुमा आए, आफ्नो नियमित आम्दानीको स्रोत पनि त्यागेर परनिर्भर सेवाकाइ गर्न थाले । जब पश्चिमी विश्वमा सेवाकाइलाई अझ प्रभावशाली बनाउनको नीम्ति Business as Mission को अवधारणा आयो, हाम्रो बिचमा   एउटा गलत संस्कारले हाम्रो बीचमा जरा गाड्न पुग्यो ।
लगभग सत्तरीको दशकबाट देखापरेको Post Denominational Church Era ले विश्वव्यापी रुपमा एउटा नयाँ तरङ ल्यायो, मण्डलीहरू मेगा चर्चको रुपमा बढन थाले । हज्जारौ हजार बिश्वासीहरू आरधनाको नीम्ति एउटै मण्डलीमा भेला हुन थाले । जसको अर्को आयाम पाष्टरहरू सेलिब्रेटीको रुपमा चम्कन थाले । आजका कतिपय सेलिब्रेटी पाष्टरहरू मण्डलीले तलब दिन सक्नु भन्दा पहिले अर्को कुनै पेशाबाट गुजार चलाउथे, कतिपय त पाष्टरिय सेवाको अतिरिक्त सफल ब्यापारी पनि हुन । बाइबलले हामीलाई कहीले पनि सेवाकाइ गर्नेले अरु पेशा, ब्यापार वा ब्यवसाय गर्नु हुदैन भन्दैन । जुन कुरा विश्वव्यापीरुपमा गरिएको छ, अनि सफल प्रमाणित भएको छ, आखिर हामी किन हिच्किचाउछौ ?

बाइबल कलेज/सेमिनारीको औचीत्व 
रोमन क्यथोलिक चर्चले प्रिस्ट तथा ननहरूलाई शैक्षिक रुपमा तयार गर्नुको नीम्ति मोनाष्ट्रीहरू सन्चालन गर्दथे, जुन त्यतीबेलको परिबेशमा स्वाबाभिकनै पनि थियो । प्राचिन बिश्वको कुनै पनि क्षेत्रमा धर्मशास्त्रको अध्यापनबाटनै मानिसहरूलाई साक्षर गराउने परम्परा अनुसारनै सुरुमा यहुदी धर्मको परम्परा पहिलो सताब्दिका क्रिश्चियनहरूले कायम राखे जुन कालन्तरमा रोमी तथा पुर्बिय मण्डलीहरू सम्म आइपुग्दा संस्थागत बन्न पुग्यो । प्रोटेस्टेन्ट सुधारको अगबै ती मध्य धेरै मोनाष्ट्रि/सेमिनारीहरू विश्वबिधालयको रुपमा रुपन्तारण भैसकेका थिए ।
हो रोमन क्याथोलिक चर्चको विश्वब्यापी प्रभावको समयमा धर्मशस्त्रको अध्याययन/अध्यापन निर्बिकल्प शिक्षाको माध्यम थियो । शिक्षामा पहुच भएकाहरू धर्मशास्त्रका पारंगत बिध्दान हुन्थे । तर बिस्तारै शिक्षाको क्षेत्रमा आमुल परिवर्तन आयो, धर्मशास्त्रको अध्ययन गराउने सेमिनरीहरू बिस्तारै आफ्नो दायरा फराकिलो बनाउदै बिज्ञान, प्रबिधी र लिबरल आर्टस पनि सिकाउन थाले । हो प्रोटेस्टेन्ट आन्दोलनका सुरुका अगुवाहरू रोमन क्याथोलिक सेमिनारिकानै उत्पादन थिए, जो धर्मशास्त्रका गहिरो ज्ञान राख्दथे । जब प्रोटेस्टेन्ट चर्चहरू संस्थागत बन्न थाले, उहीहरूले चर्चको नीम्ति आबस्यक अगुवापन निर्माणकोलागी सेमिनारीको अपरिहार्यता महसुस गरे ।
धर्मशास्त्रको ज्ञान कुनै पनि अगुवामा हुनु आफैमा नराम्रो पक्कै पनि होइन, तर सुधारबादी आन्दोलन पछि यसले मण्डलिमा जुन किसीमको रुप लियो त्यो बाइबल अनुसार छैन। ख्रिष्टको मण्डली अगुवापन निर्माणको लागि आफैमा पूर्ण संस्था हो, कुनै पनि गोठालोको जिम्मेवारी मण्डलीका भेडाहरू चराउनुका साथ साथै दोश्रो पिडीको नीम्ति अगुवपन पनि हो । बाइबलको नेत्रित्व बिकासको रणनितीलाई बिचार गर्ने हो भने, मोशाले योहोशुलाई आफ्नो साथमा राखेर सिकाएको थिए, कुनै पनि सिमिनारीमा पठाएर होईन, चाहे एलीले शामुएललाई, योहशुले कालेवलाई अथवा यलियाले यलिशालाई नै, एक अगुवाको रुपमा आँफैले तयार गरेका थिए ।

जब हामी अगुवापनको बिषयमा चर्चा गर्छौ, हामिले यो सत्यतालाई बिर्सिनु हुदैन, धर्मशास्त्र आँफैमा एक प्रगतिशिल प्रकास हो । कुनै एक पुस्ताले जति र जुन रुपमा यसलाई बुझ्छ, आउने पुस्ताले अझ फराकिलो रुपमा उही धर्मशास्त्रबाट बुझ्दछ । जब हामि धर्मशास्त्रको अध्यायन गर्दछौ, हामीहरूको बौद्दीक क्षमाता अनुरुप पवित्रआत्मा आँफैले हामीमा धर्मशास्त्रको प्रकाश दिनुहुन्छ जुन कुनै पनि सेमिनारीको शिक्षा भन्दा बढी महत्वपुर्ण छ । 

नेपाली मण्डलीको अबको बाटो

मैले पहिलेनै उल्लेख गरेको छु, यी मेरा निजी बिचारहरू हुन्, मेरा यी बिचराहरूले अरु कसैसँग खासै सरोकार राख्दैनन । तर अब बिस्तारै नेपाली चर्चमा नया पिढिका युवाहरुको बर्चस्व बढ्दैछ । अब बिस्तारै नेपाली मण्डलिहरुमा यो कुराको लेखाजोखा हुनु जरुरी छ, नेपाली मिसनका लगभग यी आठ दशकमा हामिले के पायौ आनि के गुमायौ । पचासको दशकमा नेपालमा प्रजातन्त्र आउनुभन्दा पहिले आँफैमा लगभग पूर्ण निर्भर नेपाली मण्डली प्रजातन्त्र आएपछी पूर्ण रुपमा परनिर्भर बन्न पुग्यो, फलत नेपाली चर्चहरू बिभिन्न सम्प्रदायमा बाढिन थाले, यति सम्म की कुनै बेला नयाँ करारको मण्डलीको रुपमा शुरु भएका नेपाली मण्डलीहरू एङ्लिकन, लुथरन र मेथोडिस्टको रुपमा टुङिन पुगे ।
नेपाली मण्डलीको अर्को बिडम्बना, जब हामी प्रभुको नीम्ति क्रुस उठाउने बिश्वासीबाट क्रिश्चियन भएकोमा भत्ता बटुल्ने बिश्वासी बन्यौ, हामी बिखण्डित बन्न पुग्यौ । नेपालको नीम्ति चर्च फुट्नु कुनै नयाँ बिषय रहेन, राजनितिक दल फुटे जसरीनै नेपाली चर्चहरू फुट्ने गर्दछन, तर कतिपय चर्च त फुट्नु पनि मधेसी जनाधिकार फोरमनै फुटे जसरी छिन्न भिन्न भएर फुट्न पुगे । एउटाले क्रिश्चियन भएर बिदेशि भत्ता पाउने, मैले किन न पाउने भन्ने अइशाइ प्रतिस्प्रधानै सायद हामिहरूको बिचमा कलहको बिजारोपन बन्न पुग्यो ।

नेपाली मण्डलीहरू अब बिभाजनले बढन सक्दैन, अब नेपाली मण्डलीहरूले जुट्न सिक्नु पर्छ । हामिले बिर्सन नहुने सत्यता भनेको जब हामी सामुहिक रुपमा बढछौ, हामीसँग आफ्नो साधन स्रोत पर्याप्त हुन्छ । मण्डलीको सेवाकाइ सामुहिक बरदान हो, अलग अलग ब्यक्तिसँग प्रभुले दिनुभएको अलग अलग बरदानहरू हुन्छन्, हरेकले प्रभुबाट पाएको दान बरदान मण्डलीको सेवाको लागि प्रयोग गर्नु पर्छ । पाष्टरिय सेवाकाइ एउटा महत्वकाङ्क्षाको पद होइन, एउटा स्वर्गिय बोलावट हो, तलबी जागिर होईन न त अन्य कुनै काम गर्न असर्मथ्य भएमा त्यसको बिकल्पनै हो । यो महत्वकाङ्क्षाबाट बोलवट र समार्थ्य न भएकाहरू अलग भएर मण्डलीको अन्य सेवाकाइमा बढ्नुपर्छ, हो यदि हुन सक्दैन भने, नयाँ पिढिका युवाहरूले सक्षम गोठालो आँफैले चुन्नु पर्छ ।

Wednesday, October 5, 2011

बाबुराममा अडिएको भरोसा

बिगतमा देशले भोगेको झन्डै डेढ दशक लामो जनयुद्ध, त्यस पछी देखा पारेको राजनितिक अस्थिरता, अनी उग्र र दक्षिणपन्थी बीचको कहीले पनि अन्त्य न हुने राजनितिक खिचातानी ले गर्दा शायद हुन सक्छ यति बेला नेपाली जनताका नजरहरु वर्तमान सरकार प्रमुख प्रति निक्कै अशाबादी रहेका छन् । हुन त यति लामो गृहयुद्ध लडेर शान्तिको राजनीतिमा मा आएको राजनितिक दल भित्रको पनि दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने नेता भएको कारणले गर्दा शायद नेपाली को आशा अब देशमा केही निकास को बाटो निस्किएला भन्ने आशा हुनु स्वभाविक नै हो । तर नेपालको बिगतलाई हेर्दा, यहाँ हरेक पल्ट सरकार परिवर्तन हुँदा केवल प्रधानमन्त्री मात्र परिवर्तन भएको छ, सत्तासिन दल मात्र परिवर्तन भएको छ, तर कहीले पनि निति परिवर्तन भएको उदाहरण देखिएको छैन् । राम प्रसाद को सट्टामा प्रधानमन्त्री त श्याम प्रसाद होला तर न त देश को नियती परिवर्तन भएको छ न देशको निति नै । नेपालको हरेक सरकार परिवर्तन केवल कसैलाई ब्रह्मलुट गर्ने लाईसन्स दिने प्राबधाननै जस्तो मात्र रहेको छ ।

जुन जोगी आएनी कानै चिरेको भन्ने नेपाली उखान जस्तो मात्र भएको नेपाली राजनीतिको यस परिवर्तनलाई धेरै नेपालीहरुले अपबाद बन्न सक्ने आशा लिएका छन् । हुन त नेपाल को राजनितिक ईतिहासमा नै औलामा गन्न सकिने केही शिक्षित नेताहरु मध्यका एक ब्यक्ति प्रधानमन्त्री हुनु आँफैमा उत्साहको बिषय हो । नेपालमा नै बनेको गाडी चढेर सपथग्रहण गर्न जानु, रेडियोमा साक्षात्कार जस्तो सर्वसाधरण नेपाली को पहुचमा पनि प्रधानमन्त्री रहनु आँफै मा नै राम्रो सुरुवात हो र बर्तमान प्रधानमन्त्री बाट केही ऐतिहासिक कार्य को सुरुवात पक्कै भएको छ । हाम्रै बीच मा धेरै उदाहरण हरु छन्, एउटा असल शासक को कारणले गर्दा बिगतका धेरै कङगाल देशहरुले प्रशस्तै प्रगती गरेको बिगतका केही दशकहरुमा नै मलायसिया र सिङगापुर जस्तो देशहरुमा देखिएका छन् । तर के नेपालको परिप्रेक्ष्यमा पनि यो लागु हुनु सम्भव छ त?

केही हदसम्म मात्र भएपनि नेपालमा अब भने परिवर्तन हुन्छ की भन्ने झिनो आशा आम नेपालीहरुले त्यागेका छैनन । धेरै अर्थमा बाबुराम भट्टराईले आफुलाई बिगतका सत्ताधारी भन्दा फरक पनि देखाएक छन् । तर केही फरक धारको ब्याक्ती प्रधानमन्त्री हुँदैमा काखी बजाइ हाल्ने मुर्खता भने नेपालीहरुले गरिहाल्न भने हुदैन । हामीले परिवर्तनका धेरै चरणहरु देखे भोगेका छौ । हिजो पन्चायती निरङ्कुशता ढलेको परिवर्तन हामीले देख्यौ, सिमित सामन्तीहरुको हातबाट अब देशको शासन सत्ता जनताको हातमा आयो भनेर हामीले हर्ष उल्लास पनि न गरेको होइन, तर देशमा त्यस पछि देखापरेको राजनितिक बिसङ्गतीहरु त त्यो पन्चायती ब्यबस्था भन्दा पनि खराब बन्न पुग्यो । हिजो देशमा सिमित भ्रष्टाचार थियो, सिमित साशक बर्गको मात्र त्यसमा पहुच थियो, तर हामीले बिजयको काखी बजाएको त्यो बहुदलिय प्रजातन्त्रको उदयपछी त पारिवारिक र संस्थागत भ्रष्टाचारको नै सुरुवात भयो । देशका नदीनालाहरु सन्धी र सम्झौताका नाममा दक्षिणतिरका ठुल्दाइहरुका चरणकमलमा अर्पिइयो । सरकार प्रमुखको नाम भजाएर भान्जी छोरी देखि लिएर घरमा काम गर्नेसम्मले देशको साधन स्रोत र सम्पती माथि ब्रह्मलुट नै मच्चाए । अनी अन्तिममा देशमा के के नै होला भनेर काखी बजाउने हामी नै निराश भएर भन्न थालौ, बरु यो भन्दा त पन्चायती ब्यबस्था नै ठीक थियो ।

देशमा जब जब परिवर्तन हुन्छ हामी जरुरत भन्दा अलिक बढीनै अशावादी बनी रहेका छौ । हिजो हाम्रो आशा देश धर्म निरपेक्षता मा जाँदा के के नै होला भन्ने थियो, जो पनि हात्ती आयो हात्ती आयो फुस्स भने जस्तो मात्र बन्न पुग्यो । अब अर्को एउटा नयाँ आशाले हामीलाई प्रफुल्लित तुल्याएको छ, नेपाली राजनितिका नयाँ मशिह अर्थात डा. बाबुराम भट्टराइ । पढे लेखेका अनी अरुभन्दा अलिक बढी दक्षिणपन्थी लाग्ने यी कम्युनिष्ट नेताले अब भने जादुको छडि नै चलाउने छन्, देशमा उधुमनै मच्चाउने छन् भन्ने आशा भन्दा पहिले हामीले विश्वको राजनीति र त्यहाको ख्रिष्टिय मण्डलीहरुको हविगतको बारेमा पनि थाहा पाउनु पार्ने हुन्छ ।

हामी धेरै टाढा पुगी रहनु पर्दैन, हाम्रै उत्तरको छिमेकी देशमा धर्मनिरपेक्षता छ । सरकारले बिशाल धार्मिक स्वातन्त्रता प्रदान गरेको छ, ठाउँ ठाउँ मा मण्डली भवनहरु पनि बनाइदिएको छ । तर मुर्ख र अन्धा बिश्वासीहरु त्यस्तो बिशाल सुबिधा हरु छोडेर भूमिगत चर्चहरुमा सङ्गती गर्न जान्छन जसले गर्दा वाध्य भएर सरकारले पक्रीएर थुन्नु पर्छ । आज बिश्वका कतिपय देशका जम्मा जनसंख्या भन्दा बढी क्रिस्चियनहरु त चीनका जेलहरु मा होलान् ।


हालसाल नै मैले केही चिनिया भाईहरु सँग समय बिताउने मौका पाए जो अमेरिकामा बाइबल तालिमका लागि आएका थिए । अत्यन्तै जोसिल ती भाईहरु साँच्चै योद्धा जस्तो उत्साही थिए । तर अचानक त्यती जोसिला बिश्वाशीहरुको एउटा पत्याउन नै गार्हो हुने खबर मैले सुने, उनिहरुको बप्तिष्मा हुन गैरहेको थियो । पत्याउनु नै मुस्किल की त्यति परिपक्व बिश्वासीहरु जस मध्ये कतिपयले बप्तिष्मानै लिएका थिएनन भने कतिपय चाही सरकारी चर्चमा कम्युनिष्ट पार्टीका सदस्यले बप्तिष्मा दिएकाहरु थिए । बास्तवमा सरकारले खोलेक ती चर्चहरु ख्रिष्टिय झुण्डहरु होइनन केवल चिनिया कम्युनिस्ट पार्टिका गुप्तचर एजेन्सीहरु मात्र थिए, जसले बिश्वासीहरुको आत्मिक जिवनको उन्नती गराउने होईन तर सुराकी गर्दथियो ।

बिश्वकै कम्युनिष्ट आन्दोलनमा कहीले पनि र काही पनि बिश्वासीहरुले सतावट नभोगेको उदाहरण छैन् । कम्युनिष्टहरुको गुलियो लालिपपमा भूलेर धेरै बिश्वासीहरुले इतिहासमा गल्ति गरेका छन् जसले उनिहरुको आफ्नै भविश्य अन्धकार र तहस नहस बनाएको छ । अनी यस्तै सतावट को बीच बाट केही विश्वचर्चित क्रिष्टियन अगुवाहरु निस्की आएका छन् ।

हुन त नेपालका धेरै ख्रिष्टियनहरु अब कम्युनिष्टहरुबाट मात्र आफ्नो उद्धार आउने सोचाइ राख्दछन । धेरै पाष्टर अगुवाहरु नै कम्युनिष्टहरुको पाऊँ मलीरहेक छन् । हुन सक्छ बाबुराम भट्टराइले आफूलाई साच्चै सफल नेताको रुपमा पनि देखाउन सक्छन, तर पनि परमेश्वरको बचन हामिसँग छ अनी उहाँको वचनले भन्दछ, ख्रिष्ट बिरोधी ले पनि महासङ्कष्टको सुरुको साढे तीन बर्ष त मसिहकै रुपमा देखाउने छ । तर उसको असली अनुहार त त्यति बेला मात्र सामु आउनेछ जति बेला उसले आफ्नो सम्पुर्ण शक्ति प्राप्त गरिसकेको हुन्छ । अनी उसले आफ्नो सत्ता कब्जा गरिसकेको हुन्छ ।

रसिया होस वा रोमानिया, लाओस होस या भियतनाम, चीन होस वा क्युवा विश्वमा जहाँ कम्युनिजमले राज गरेको छ, त्यहा ख्रिष्टको बिश्वासीहरुले बिशाल सतावट पनि भोगेका छन् अनी नेपाल मात्र कहीले पनि अपवाद बन्नेछ भन्ने गलत सोचाइ कुनै पनि नेपाली क्रिश्चियन ले गर्नु हुदैन । जति सुकै पढेलेखेको भएपनि नेपाली ख्रिष्टिय समाजको उद्धरक प्रभु येशु स्वयम हुनुहुन्छ डा. बाबुराम भट्टराई होईन । हाम्रो मुक्ति प्रभुबाट मात्र आउछ भन्ने यथार्थतालाई कहीले पनि नेपाली मण्डलीले बिर्सनु हुदैन ।





Tuesday, February 24, 2009

बाह्य सपोर्ट, नेपाली मण्डलि र सम्झौता

उदारबाद (liberalism) आज ख्रिष्टको मण्डलि भित्र बहसको बिषय बनेकोछ । कतिपय जोश सेलाइसकेक मुलधारका ख्रिष्टियन सम्प्रदायहरुको बिचमा देखापरेको मानब अधिकारको चर्को नारा बिस्तारै नेपाली मण्डलीहरुमा पनि बिस्तारै प्रबेश गर्दैछ । समलिङ्गी विवाह तथा समलिङ्गी अधिकार जस्ता कुराहरु विश्वब्यापी प्रभाबसँगै नेपाली मण्डलिमा पनि प्रबेश गर्दै छ । हामी परमेश्वरको वचनले के भन्छ भन्दा पनि मानब अधिकारमा के जायज के नाजायज भन्ने तिर बढीरहेको छौ । हिजोका दिनहरुमा हामीले शारीरिक चङ्गाइ द्वारा प्रभु येशुलाई चिन्ने मौका पाएको कुरा बिस्तारै बिर्सिदै छौ अनी सम्प्रादायहरुले सिकाउने चङ्गाइका बारादानहरु सिध्दीइसक्यो भन्ने बुर्जुवा शिक्षाको पछी लगिरहेकाछौ । अन्जानमा हामी आफ्नो ख्रिष्टियन परिचयलाई मेटाइरहेका छौ अनी पश्चिमी शिक्षाहरुतिर नजानिदो पारमा मोडीइरहेको छौ ।
आखिर किन नेपाली मण्डलिहरु यो बाटोमा हिडिरहेकाछन त ? एउटा पुरानो रुशी उखानले भन्दछ, "जब धन बोल्दछ, तब सत्य चुप हुन्छ" । हो हिजोका दिनहरुमा हामी तिनै नेपाली ख्रिष्टियनहरु हौ, जो सतावटमा स्थिर रह्यौ, जेल नेल र यातना सह्यौ तर हाम्रो विश्वासमा स्थिर थियौ । ति दिनहरुमा हामी केवल बाइबलमा विश्वास गर्ने साधारण विश्वासीथियौ, केवल परमेश्वरमा भरोसा गर्थ्यौ । तर नेपालमा प्रजातन्त्रको उदय सँगै नेपालमा पश्चिमी चर्चहरुको आर्थिक सपोर्ट तिब्र भएर गयो, टाठा बाठाहरु बिस्तारै नेपालका नव ढनाढ्य बन्न पुगे, लाटा सिधाहरु पाष्टर भएकै भरमा दुई चार पैसामा खेल्न थाले । जस बाट निर्बोध नेपाली इशाइ जगत बिकृति तिर धकेलिन पुग्यो ।
आखिर कतिन्जेल हामी अरुले देलान अनी खाउला भन्ने मनशिकता बोकेका विश्वासी बनी रहने? कतिनजेल बिदेशिहरुले हामीलाई साहयता गरिरहलान ? आखिर जुन देशमा गुम्बा र मन्दिर चलाउनु बिदेशिले सहयोग दिनुपर्दैन त्यही देशमा हामीलाई किन चाहिन्छ बिदेशिको साहयता ? के हामी त्यती कमजोर नै भएको हो, कि हामीलाई बिदेशिले सहयोग न दिएमा हामी आफ्नो चर्च नै चलाउन सक्दैनौ ?
हो आज हामीहरुको मुख्य समस्या भनेको हामीहरुको परनिर्भरता नै हो । किनकी जब साहयता आउछ, त्यस सँगै सम्झौताहरुपनी आउछन । हामी बाइबल भन्दा पनि उनिहरुको शिक्षा प्रती बढी बफादार हुनुपर्ने हाम्रो बाध्यता हुन आउछ । जसको पारीणाम स्वरुप, हामी जसको सिता खाइ उसकै गीता गाई भन्ने खालको ख्रिष्टियन बन्न पुग्दछौ ।
नेपाली ख्रिष्टियनहरुले एउटा गाँठी कुरा के बिर्सन हुँदैन भन्दा छानोमा क्रुश झुन्ड्याउने सबै पश्चिमी चर्चहरु ख्रिष्टियननै भने होइनन । चर्च भन्ने ब्यानर भित्र माला जप्ने तान्त्रिक देखी इश्वर नै छैन भन्ने नास्तिक सम्मका चरम रुपहरु अटाएकाछन । कसैले सहयोग गर्दैमा हामीले आफ्नो ख्रिष्टियन परिचय नै गुमाउनु हुँदैन । यदी सेवाकाइ नै गर्नु छ भने सेवक भेटी बाट बाँच्न सक्ने बातवरण उसले निर्माण गर्न सक्नु पर्दछ । वास्तवमा प्रभुले अगुवालाई गोठलो र विश्वासिलाई भेडा भन्नु को रहस्य यही हो । गोठालोले बगाललाई चराउछ अनी बगालले दुध, उन, मासु जस्ता कुराहरु दिन्छ । जब सम्म हामी यो गर्न सक्दैनौ, तब सम्म न त हामी गोठालो बन्न सक्छौ न त भेडा हुन नै ।

Sunday, February 22, 2009

एमाले महाधीवेशनले उब्जाएका केही शवालहरु

नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी कम्युनिष्ट शक्तीको रुपमा आफ्नो दर्हिलो उपस्थिती जनाएको नेपाल कम्युनिष्ट पार्ती (एमाले)को बुटवलमा सातौ महाधिवेशन भइरहँदा यहाँ अमेरिकामा एमालेका समर्थक तथा नेपालको राजनीतिक गतिबिधी प्रती चासो मात्र राख्ने सबै नेपालीहरुको ध्यान नेपाली समाचारमा केन्द्रित रहेकोछ । दिनभरी काम गरेर लखतरान भएर फर्किएको एक आम नेपालीले पनि साँझ कम्प्युटर खोल्नुले नेपालको राजनीतिक भविष्यप्रतिको उसको चासो प्रस्टयाउछ । हुनत प्रवासी नेपालीहरु नेपालको भविष्य प्रती जिज्ञासु हुनु स्वाभाबिक देशप्रेम को करण पनि हो तर एमाले महाधीवेशनले केवल देशको एक राजनीतिक दलको भावी नेत्रित्व मात्र चयन नगरेर यसले माओवादी नेत्रित्वको सरकारको भाबी आयुको पनि निर्णय गर्ने हुँदा खासगरी प्रबासी नेपालीले यसलाई अत्यन्तै चासोको साथ हेरिरहेकाछन ।

नेपाली क्रिश्चियन समाजपनी नेपाली समाजकै एक अङग हो । देशमा हुने राजनीतिक उतरचढाबले निश्चयपनी नेपाली क्रिश्चियन समाज अछुतो रहनसक्दैन । देशको राजनीतिसँगै धार्मिकक्षेत्र पनि प्रभावित हुनेगर्दछ । देशको तरल राजनीतिक गतिबिधिले सबै क्षेत्रहरुसँगै चर्च तथा नेपाली क्रिश्चियन संघ सस्थाहरुपनी समस्याग्रस्त बन्दछन । नेपाली राजनीतिक समस्याबाट पक्कै पनि नेपाली चर्चहरु अपबाद बन्न सक्दैनन । हो, जब चर्चहरु मजबुत बन्छन अनी क्रिश्चियन समाज बलियो बन्छ, तब निश्चय त्यसले देशको अर्थतन्त्रमा पनि साकारात्मक प्रभाब पार्दछ । तर जबसम्म चर्चनै प्रारम्भिक चरणमा हुन्छ, तबसम्म क्रिश्चियन समाजको भविष्य पनि देशको अर्थतन्त्रसँग निर्भर हुन्छ । हितोपदेशले धर्मिकताले राष्ट्रको उत्थान गर्छ भन्नुको अर्थ वस्तबमा यहि नै हो ।

हुन त एमालेको यस अधिवेशनसँग हाम्रो भाग्यनै अढिएकोभने होइन । तर समग्रमा नेपाल राजनीतिक अस्थिरताबाट गुज्रिहहेकोछ । राजनीतिक अस्थिरताले देशको अर्थतन्त्र तरल बनाउछ, देशको बिकास निर्माण, ब्यापार ब्यवसाय तहस नहस बनाउछ । जसको पारीणाम स्वरुप देशमा बेरोजगारिको समस्या उग्र बनेर जान्छ । फलत देशका उत्पादनशिल जनसक्ती सधैंभरी बिदेशिनुपर्ने समस्या रहिरहन्छ । यदी विश्वको अर्थिक मन्दी रहिरहने हो भने जुन सम्भव पनि छैन । हुन त कम्युनिष्ट शासन विश्वकै खराब तानाशही भएपनी अहिलेको नेपालको आवश्यकता भनेको माओवादीकै सरकार भएपनी स्थिर रहनु हो । वास्तवमा यो परिस्थितीमा नेपालको भविष्य अबको एमालेको नेत्रित्वले नै निर्धारण गर्ने छ । चाहे जो सुकै नेत्रित्वमा आए पनि मओवादिको सरकार प्रती साकारअत्मक धारणा राख्नेनै हुनु आवश्यक छ ।

कामना गरौ, नेपाल फेरी एकचोटी अनिर्णय को भुमरिमा नधकेलियोस ।